Historical Events | Historical Events of World | Some famous Historical events | Top 100 Historical Events | Historical Events of India | Top Historical Events

Famous historical events around the world, 100 most important events in world history, forgotten historical events, historical events timeline, happy historical events, famous moments in history, controversial historical events, 20 historical events

Historical Events of  Earthquake Nepal 2072 BS

Earthquake nepal today, nepal earthquake information, history of earthquake in nepal, earthquake in nepal today bbc, earthquake in nepal 2072 baisakh 12, today's earthquake in nepal, earthquake in kathmandu, may 2015 nepal earthquake 

२०७२ सालको शुरुवातमै बैशाख १२ गते नेपालले विनासकारी ठूलो भुकम्प व्यहोर्नु पर्यो जसकारण नेपालले ठुलो धनजनको छति भुगत्न पर्यो । गोरखाको बारपाक केन्द्र बनाएर आएको भुकम्प महाविनाशकारी सावित भयो । ७ दशमलव ९ रेक्टरस्केल मापन गरिएको करिब १ मिनेट लामो कम्पनका कारण ९ हजार भन्दा वढि नेपालीले ज्यान गुमाए भने हजारौं नेपाली घाइते र अपांग हुन पुगेका थिए भने २ हजार भन्दा वढि वेपत्ताको अवस्थामा छन् । भुकम्पका कारण ६ लाख भन्दा वढि नेपालीको घर पूर्ण रुपमा क्षती भई घरवारविहीन अवस्थामा पुग्न बाध्य भए भने गोरखा, काठमाडौं, ललितपुर , भक्तपुर ,दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, रसुवा लगायत १४ जिल्ला पूर्ण रुपमा प्रभावित हुँदा त्यसमा रहेका लाखौं घरहरु आंशीक रुपमा क्षतीग्रस्त भए । बैशाख १२ गते देखि लगातार आएको पराकम्पन र २९ गते दोलखाको सुनखानी केन्द्र भएर आएको ६ दशमलब ९ रेक्टर स्केलको भुकम्प बाट ७ खरब भन्दा वढिको आर्थिक क्षती हुन पुग्यो ।
Earthquake Nepal 2015
साथसाथै भुकम्प पीडितलाई सहयोग गर्ने नाममा विभिन्न मुलुकहरुले नेपालको सार्वभौमसत्ताको खिल्ली पनि उडाए । भारतीय हेलिकोप्टर र अमेरिकी हेलिकोप्टलले देखाएका चर्तिकला त्यसलाई पुष्टि गर्ने आधार हुन् । भुकम्पमा पीीडतको उद्धारको क्रममा दोलखा र सिन्धुपाल्चोकको सिमानामा अमेरिकी सेनाको हलिकोप्टर दुर्घटनाग्रस्त भयो । जसमा चार जना नेपाली सहित ३ जना अमेरिकी सैनिक क्याप्टेनको मृत्यु भयो । भुकम्प पीडितलाई राहत वितरण गर्ने नाममा सरकारका अर्थमन्त्री रामसरण महतको समेत जस्तापाता तस्करीमा संलग्नता भनेर चर्चा भयो । पीडितहरुलाई राहत वितरण गर्ने क्रममा एनजीओ र आएनजीओकै कमीशन र भुँडी भर्ने खेलको प्रहशन भयो । भुकम्पपीडितको व्यवस्थापनको लागि भन्दै गठन गर्ने भनिएको पुनर्निर्माण प्राधिकरण भुकम्प गएको ७ महिनापछी बल्ल बन्न सक्यो भने प्राधिकरण निर्माणको विषय निक्कै लामो समय विवादको घेरामा समेत पर्यो । हाल अाएर भुकम्प पुनर्निर्माण प्राधिकरणले भुकम्प पिडितलाइ राहत वितरण गर्दै अाएको छ ।


Dr. Govind KC | Contribution of Dr Govind KC | Dr. Govind KC in Nepal | Dr Govind KC 

डा. गाेविन्द के.सि. को अनसन, कारण र इतिहास

केही मुख्य कारण

* काठमाडौंमा आावश्यकता भन्दा धेरै बढी मेडिकल कलेज भइसके। अत: आउँदो एक दशकसम्म मेडिकल कलेज यहाँ होइन, उपत्यका बाहिर सातै प्रदेशमा खोल्नु पर्छ । दु्र्गम स्थानमा पनि मेडिकल खोलिनु पर्छ ।

* ३० लाख, ५० लाख वा १ करोड तिरेर केही मुठ्ठीभर अति धनीले मात्र डाक्टर बन्नसक्ने हालको स्थिति अन्त गरिनु पर्छ । हरेक मेडिकल कलेजमा राज्यको खर्चमा कम्तिमा ७५ प्रतिशत सीट नि:शुल्क छात्रवृत्तिको लागि छुट्टयाएर गरिबका छोराछोरीले पनि डाक्टरी पढ्न पाउने ब्यवस्था गरिनु पर्छ। पैसाको भरमा होइन दक्षता, क्षमता र टाइलेन्टको भरमा सबैले डाक्टरी पढ्न पाउने ब्यवस्था गरिनु पर्छ

* खोलिएका मेडिकल कलेज गुणस्तरीय हुनुपर्छ र त्यसका लागि आवश्यक न्यूनतम मापदण्ड पुरा गरेका र निश्चित बर्ष चलाइसकेका मेडिकल कलेजलाई मात्र सञ्चालन स्वीकृति दिइनु पर्छ। मापदण्डअनुसार नचलाइएका मेडिकल कलेज बन्द गरिनु पर्छ ।


चिकित्सा शिक्षामा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेको २०७५ असार २१ गते ६ वर्ष पूरा भएको छ। यो अवधिमा केसीले ६ प्रधानमन्त्रीको सामना गरे। केसीका तीन अनशन झेलेका प्रधानमन्त्री सुशील कोइरालाको निधन भइसकेको छ। अन्य पाँच प्रधानमन्त्री केसीको पन्ध्रौं अनशनका साक्षी छन्।
पहिलो र दोस्रो अनशन झेलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई केसीको पन्ध्रौं अनशनको समर्थनमा सडकमै छन्। तेस्रो र चौथो अनशनको सामना गरेका तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी मौन छन्। पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीको मौनतालाई स्वाभाविक रूपमा हेरिएको छ। केसीका पाँचौं, छैटौं र सातौं अनशन सामना गरेका पूर्वप्रधानमन्त्री कोइराला हामीमाझ छैनन्।
२०७३ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा केसी आठौं अनशनको सामना गरेका केपी शर्मा ओली दोस्रोपटक फेरि बहुमतसहित प्रधानमन्त्री भएका छन्। केसीको आठौं अनशनको सामना गर्दा १७ दिनमा अनशन तोडाएका ओलीले पन्ध्रौं अनशनलाई २७ दिनसम्म तन्काए। यो अनशन सबैभन्दा लामो बनेको छ। अनशन लम्बिँदै जाँदा धेरैले ओलीलाई केसीको स्वास्थ्यप्रति अनुदार प्रधानमन्त्रीको संज्ञासमेत दिए।
नवौं र दसौं अनशनको सामना गरेका अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष छन्। सत्ताको बागडोर आफ्नै पार्टीका अर्का अध्यक्ष ओलीको काँधमा भएकाले प्रचण्डसमेत केसी अनशनको विपक्षमा कठोर भएर लागे। केसी अनशनका विषयमा उनका केही अभिव्यक्ति विवादितसमेत बने।

डा. केसीको एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनशनको सामना गरेका शेरबहादुर देउवा भने पन्ध्रौं अनशनको समर्थक बने। कांग्रेस साभापतिसमेत रहेका देउवा प्रतिपक्षी दलको नेताको हैसियतमा केसीका मागको जोडदार समर्थक मात्र बनेनन्, देशभर आन्दोलन चर्काउनसमेत सफल भए। सत्तामा हुँदा डा. केसीलाई वैरी र उनका मागलाई घातक ठान्ने दलका नेता नै प्रतिपक्षमा हुँदा केसीका समर्थक बन्ने संस्कार पन्ध्रौं अनशनसम्म पनि जारी रह्यो। अनशनले स्वास्थ्य नाजुक भएपछि मात्रै सम्झौता हुन्छ। अनशन तोडिन्छ। तर भोलिपल्ट सम्झौता कार्यान्वयन हुँदैन। राजनीतिक नेतृत्वको यही गलत प्रवृत्तिले नेपाली गान्धीको उपमा पाएका केसी ६ वर्षदेखि लगातार भोक हडतालमा छन्।



बाबुराम प्रधानमन्त्री हुँदा अनशन सुरु

चारबुँदे माग राखेर ०६९ असार २१ मा केसीले पहिलो अनशन सुरु गरेका थिए। त्रिविको हस्तक्षेपबाट आईओएम मुक्त गर्नुपर्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, संस्थानमा वरिष्ठताका आधारमा मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने उनका प्रमुख माग थिए।
अनशनको पाँचौं दिनमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाए। आईओएमको डिनमा वरिष्ठताका आधारमा डा. कुमुदकुमार काफ्ले नियुक्त भएपछि केसीले पहिलो अनशन पाँच दिनमै तोडे।
डा. केसी ०६९ साउनमा २७ गते दोस्रो अनशन बसे। वरिष्ठताका आधारमा डिन नियुक्त काफ्लेको पदावधि सकिएको भोलिपल्टबाट दोस्रो अनशन सुरु भयो। फेरि बाबुरामले केसीका माग तत्काल पूरा गर्न त्रिविलाई निर्देशन दिए। त्रिविले निर्देशन बेवास्ता गरेपछि प्रधानमन्त्रीले पदाधिकारी हटाउने चेतावनी दिए। वरिष्ठताका आधारमा डा. प्रकाश सायमी डिन नियुक्त भए। केसीको दोस्रो अनशन ६ दिनमा तोडियो।

खिलराजका पालामा दुई

तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका पालामा केसीले तेस्रो र चौथो अनशन गरे। तेस्रो अनशन ०७० पुस २७ मा सुरु भयो। पहिलो अनशनकै चार बुँदालाई केसीले तेस्रो अनशनमा राखे। रेग्मी सरकारले केसीका मागअनुसार नै नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्ने, राष्ट्रिय चिकित्सा नीति तय गर्ने, आईओएमको डीन वरिष्ठताका आधारमा नियुक्त गर्ने र आईओएमलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापनाबारे सम्भाव्यता अध्ययन गर्न चारबुँदे सहमति ग¥यो। चौधौं दिनमा माघ १० गते उनले अनशन तोडे।

चौथो अनशन ०७० माघ २५ गते सुरु भयो। केसी आईओएम मेडिकल विश्वविद्यालय बनाउनुपर्नेलगायतका ६ बुँदे मागसहित अनशन बसे। निजी मेडिकल कलेजको सम्बन्धन र शैक्षिक स्तर अध्ययन गरी प्रतिवेदन पेस गर्ने, सरकारी कलेज स्थापनामा यथाशीघ्र नीति बनाई लागू गर्ने, मेडिकल कलेजलाई सम्बन्धन दिँदा भएको अनियमितता छानबिन गरी दोषीलाई कारबाही गर्नेलगायत छबुँदे सहमति भयो। अनशन फागुन ३ गते तोडियो। केसीको चौथो अनशन तोड्न तत्कालीन मुख्यसचिव लीलामणि पौडेल स्वयम् सक्रिय भएका थिए। तर सहमति कार्यान्वयनमा रेग्मी सरकार पनि सफल भएन।

सुशीलको पालामा तीन

०७१ र ०७२ गरेर डा. केसीले सुशील कोइराला प्रधानमन्त्री हुँदा तीनपटक अनशन गरे। पाँचौं अनशन २०७१ फागुन ८ देखि १९ सम्म चल्यो। केसीले दसबुँदे माग अघि सारे। पुराना सम्झौता कार्यान्वयन र नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने माग प्राथमिकतामा थिए। पाँचौं अनशन सरकारसँग छबुँदे सहमति भएपछि बाह्रौं दिनमा टुंगियो।
केसीका माग सम्बोधनकै लागि कोइराला सरकारले त्रिविका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा संयोजक रहेको उच्चस्तरीय कार्यदल गठन गर्‍यो। दुई महिना समय पाएको कार्यदलले ६ महिनामा सरकारलाई ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२’ बुझायो।
प्रतिवेदनअनुसार सरकारले चिकित्सा शिक्षा नीति बनाउने पहल नगरेपछि केसी फेरि आन्दोलित भए। केसीले छैटौं अनशन ०७२ भदौ गते सुरु गरे। उनी १४ दिन अनशनमा रहे। छैटौं अनशनको माग चिकित्सा सेवा र शिक्षा सर्वसाधारणको पहुँचमा हुनुपर्नेमा केन्द्रित थियो। एमबीबीएस तहको शुल्क अधिकतम ३५ लाख रुपैयाँ कायम गर्ने, एमबीबीएसमा तीन वर्षभित्र अधिकतम सिट संख्या एक सय बनाउनेलगायत सम्झौता भएपछि केसीले अनशन तोडे। यो अनशन तोड्ने सम्झौतामा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदीले हस्ताक्षर गरेका थिए। तर, सम्झौता कार्यान्वयन भएन।
सम्झौता कार्यान्वयन नभएपछि कोइरालाकै पालामा केसीले सातौं अनशन गरे। ०७२ असोज २ गते अनुसन सुरु भयो। सातौं अनशनमा केसीले त्यो बेलासम्म भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका थिए। केसीले सातौं अनशन असोज १२ फिर्ता लिए।



आठौं अनशन ओलीका पालामा

चिकित्सा क्षेत्रको सुधारसँगै केसीको अनशन राजनीतिक बन्दै गयो। उनले जुन विषय चित्त बुझ्दैन, त्यसैमा अनशनको दण्ड उठाए। ०७३ असार २६ गते केसीले आठौं अनशन सुरु गरे। ओली पहिलोपटक प्रधानमन्त्री बनेका थिए। तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने केसीको माग थियो। यो मागपछि अख्तियार र केसी पक्षबीच ठूलै वाक्युद्ध चल्यो।

अख्तियारले विज्ञप्ति सार्वजनिक गर्दै केसीलाई ‘मानसिक रोगी’ को संज्ञा दियो। ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट विमुख डा. केसीको मानसिक उपचारको शीघ्रातिशीघ्र उचित व्यवस्थाका लागिसमेत आयोग सरकारसँग आग्रह गर्दछ’, तत्कालीन अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो।

अख्तियार प्रमुख भ्रष्टाचारमा लिप्त भएको, आफ्नो कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको आरोप लगाउँदै माथेमा आयोगको प्रतिवेदन सुझावविपरीत काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धित संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्नेलगायत माग उनले अघि सारेका थिए। अनशनको सोह्रौं दिन चारबुँदे सहमतिमा अनशन टुंगियो। महाभियोगको माग नटुंगिए पनि मनमोहन अस्पताल भवन, दहचोकस्थित बेसिक साइन्स भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्नेलगायत सहमति भएको थियो।

प्रचण्डको पालामा नवौं र दसौं अनशन

आठौं अनशनमा पूरा नभएको कार्कीमाथिको महाभियोगसहितका एजेन्डा बोकेर ०७३ असोज १० गते केसीले नवौं अनशन सुरु गरे। दसैंको समय भएकाले उनको अनशन छायामा पर्‍यो। सरकारी वार्ता टोलीसँग ठोस सहमति नभए पनि दसैंलाई कारण देखाउँदै केसीले नवौं दिनमा अनशन तोडे। कार्कीमाथिको महाभियोगको माग नवौं अनशनमा पनि पूरा भएन।

०७३ कात्तिक २८ गते दसौं अनशन सुरु भयो। केसीले दसौं अनशनमा लोकमानमाथि महाभियोग, आयुक्त राजनारायण पाठकमाथि छानबिनलगायत आठबुँदे माग अघि सारे। अनशन २२ दिनसम्म चल्यो। मंसिर १९ गते विगतमा भएका सम्झौता कार्यान्वयनको अवस्था अनुगमन गर्न १५ दिनभित्र उच्चस्तरीय समिति गठन गर्ने, त्रिवि र प्रतिष्ठानको संरचना परिवर्तन गर्ने, एमबीबीएसको शुल्क लागू गर्ने, दुर्गम र सरकारी विद्यालयमा अध्ययन गरेका विपन्नका लागि छात्रवृत्ति थप सुनिश्चित गर्ने, चिकित्सा शिक्षा विधेयकमा संशोधनयोग्य विषय व्यवस्थापिका–संसद्बाटै सम्बोधन गर्नेलगायत नौबुँदे सहमति भएको थियो।

देउवाको पालामा चार अनशन

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा डा. केसीले चारपटक अनशन गरे। एघारौं अनशन २३ दिन बसे। ०७४ साउन ९ गतेदेखि सुरु भएको केसीको अनशन साउन ३२ गते तोडियो। देशमा बाढी पहिरोको विपत्ति आइलागेको भन्दै केसीले विनासम्झौता अनशन तोडेका थिए।

केसीले बाह्रौंपटक आफ्ना मागविपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै ०७४ असोज ९ गते अनशन सुरु गरे। यो अनशनसमेत माग पूरा नहुँदै केसीले असोज ११ गते दसैंलाई कारण बनाउँदै स्थगित गरे। केसीका दुई अनशन देउवा सरकारका लागि ठूलो टाउको दुखाइ भएनन्। एउटालाई बाढीपहिरोले खाइदियो। अर्को दसैंले साम्य बनायो।

दसैंलगत्तै केसीले असोज १९ गते तेह्रौं सुरु गरे। बाह्रौं अनशन स्थगित गरेपछि असोज १३ गते नै तत्कालीन प्रधानमन्त्री देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमोड नगरी पारित गर्न उनले अल्टिमेटम दिएका थिए। अल्टिमेटम पूरा नभएपछि तेह्रौं अनशन केसी कात्तिक १ गतेसम्म १४ दिन बसे। त्यसताका देउवा नेतृत्वको सरकारसँग केसीले दसबबुँदे सम्झौता गरे।

तेह्रौं अनशन तोड्न सरकारी वार्ता टोलीले केसीसँग चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्ने मागमा प्रतिबद्धता जनाएको थियो। केसीले सरकारी टोलीसँग सम्झौता भएलगत्तै प्रधानमन्त्री देउवासँग फोनवार्ता गर्दै सहमति पाँच दिनमा कार्यान्वयन गर्न अल्टिमेटम दिए। त्यसताका सरकारी टोलीले केसीसँग अध्यादेश ल्याएर चिकित्सा शिक्षा विधेयक पास गर्ने, आईओएमको शुल्क घटाउने, त्रिवि र काठमाडौं विश्वविद्यालयमा भएको मेडिकल शिक्षासम्बन्धी अनियमितता अध्ययन गर्ने र दोषीलाई कारबाही गर्ने, मेडिकल कलेज खोल्ने अनुमति दिँदा जनसंख्या र भूगोललाई आधार मानेर मात्र दिनेलगायत सम्झौता भएको थियो।

चौधौं अनशन

केसीको चौधौं अनशन ०७४ पुस २४ मा सुरु भयो। अनशन ६ दिन चल्यो। यो अनशन सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध केन्द्रित थियो। मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पालामा सर्वोच्च अदालतले केसीको अनशनबाटै बर्खास्त गरेका आईओएमका डीन डा. शशी शर्मालाई पुनर्बहालीको आदेश सर्वोच्चले दिएपछि केसीले अनशन गरेका थिए।




केसीले प्रधानन्यायाधीश पराजुलीलाई भ्रष्टाचारको आरोप लगाएपछि केसीविरुद्ध सर्वोच्च अदालतको मानहानि मुद्दा चल्यो। सर्वोच्चले केसीलाई पक्राउ गर्न आदेश दियो। उनले प्रहरी हिरासतमै अनशनको घोषणा गरे। केसीले प्रधानन्यायाधीशका दुई नागरिकता भएको विषयलाई उठाएपछि केसीको समेत दुईवटा जन्ममिति भएको खुलासा भयो। केसीले मानवीय त्रुटिले त्यस्तो भएको स्वीकार गरे। केसीको चौकौं अनशनले तत्कालीन प्रधानन्यायाधीश पराजुली भने इतिहासमै बढी विवादित बने।

पन्ध्रौ अनशन

मिति २०७५/०३/१६ गते देखी केसीकाे पन्ध्राै सत्याग्रह अनसन शुरु भइ २७ दिन पछी २०७५/०४/१० गते सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका बारेमा सहमति भएपछि अनसन तोडिएको छ। अहिले भर्खरै केसी र सरकार पक्षबीच ९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सहमतिपछि केसीको २७ दिन लामो अनसन तोड्न तोडिएको छ। केसीलाई पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र डा. केदारभक्त माथेमाले जुस पिलाउँदै अनसन तोडाएका हुन्।
यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्। उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको हो। सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग केसीले राखेका थिए।यस्तो छ डा. केसी र सरकारबीच भएको सम्झौता:

Famous historical events around the world, 100 most important events in world history, forgotten historical events, historical events timeline, happy historical events, famous moments in history, controversial historical events, 20 historical events

World Cup 2018 Final


मस्को : सन् २०१८ को विश्वकप फाइनल फ्रान्सले जित्दै विश्वकप फुटबलको २१औं संस्करण सकिएको छ । फ्रान्सले आइतबार राति खेलिएको रोमाञ्चक फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको हो । यसअघि फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकप जितेको थियो । यसपटक विश्वकपले क्रोएसियाका रुपमा नयाँ विजेता पाउने अनुमान गरिए पनि युवा खेलाडीले भरिएको फ्रान्सका अगाडि क्रोएसियाको केही लागेन ।
खेलको १८औं मिनेटमै क्रोएसियाका मारियो मान्जुकिचबाट हेडमार्फत आत्मघाती गोल भएपछि फ्रान्सले अग्रता लिएको थियो । २८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३८औं मिनेटमा डीबक्सभित्र पेरिसिचको ह्यान्ड भएपछि फ्रान्सले पेनाल्टी प्रहारको अवसर पायो । सोही अवसरलाई सदुपयोग गर्दै एन्टोइन ग्रिजम्यानले फ्रान्सलाई २-१ को अग्रता दिलाए ।



यसैगरी ५९औं मिनेटमा अनुभवी खेलाडी पल पोग्बाले फ्रान्सलाई ३-१ को अग्रता दिलाए । ६५औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि चौथो गोल गरे । जारी विश्वकपमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । १९ वर्षीय एमबाप्पेले गरेको यो चौथो गोल हो । ६९औं मिनेटमा क्रोएसियाका लागि मारियो मान्जुकिचले दोस्रो गोल गरे पनि टोलीको पराजय टार्न त्यो पर्याप्त हुन सकेन । जारी विश्वकपमा मान्जुकिचले गरेको यो तेस्रो गोल हो ।
World cup final

फ्रान्सेली टोलीका ४९ वर्षीय प्रशिक्षक डिडियर डेसच्याम्पसका लागि पनि यो विश्वकप फाइनल विशेष रह्यो । उनी आफ्नो टोलीलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकका रुपमा विश्वकप दिलाउने तेस्रो ब्यक्ति बने । यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए । खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् ।



आफ्नो टोली उपाधिबाट चुके पनि क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ पुरस्कार जिते । इङ्ल्यान्डका युवा खेलाडी हेरी केनले सर्वाधिक गोलकर्ताका रुपमा ‘गोल्डेन बुट’ पुरस्कार पाए । उनले प्रतियोगितामा एउटा ह्याट्रिकसहित ६ गोल गरे । यद्यपि, उनको टोली इङ्ल्यान्ड प्रतियोगितामा चौथो भयो ।
यसैगरी फ्रान्सका १९ बर्षिय खेलाडी केलियन एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका बेल्जियमका थिबाउट कोर्टोइसले ‘गोल्डेन ग्लोभ्स’ पुरस्कार हात पारे । तेस्रो स्थान हासिल गरेको बेल्जियमले यो विश्वकपमा सर्वाधिक १६ गोल ग¥यो । बेल्जियमका १० जना खेलाडीले यो विश्वकपमा गोल गरेका थिए ।

No comments:

Post a Comment

Thanks

Ad below Menu